August 1, 2021

क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ

Bishnu Poudel as finance minister is the wrong man at the wrong place at  the wrong time, observers say

अध्यागमन विभागले क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ ।विभाग सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री बिष्णु पौडेलले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताउनुभयो । उहाले समग्रतामा नेपालको अध्यागमनलाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । मन्त्री पौडेलले अध्यागमन विभागलाई समायानुकुल बनाउनका लागि केन्द्रीत हुन निर्देशन दिनुभयो ।

त्यस्तै बिभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सवै निकायमा रेकर्डमा रहने जानकारी दिनुभयो । उहाले भिसा बितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताउनुभयो ।प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ भएसंगै आवेदन र बितरणमा पनि सहज हुने बिभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.