December 5, 2023

क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने

Dhurmus-Suntali Foundation suspends construction of int'l cricket stadium  in Chitwan following threats of local groups (with press statement) -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने भएको हो । फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ुहाम्रो रंगशालामा मेरो कुर्सीु नामक अभियानको थालनी गर्दै उक्त जानकारी गराएको हो । तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ । फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ । त्यस्तै रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ ।

फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ । तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ । रंगशाला निमार्ण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको छ भने प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको जानकारी दिनुभयो । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *