December 3, 2022

क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत

बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति – osnepal tv

सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले धान बालीमा भएको क्षतिको अध्ययन गरि राहत उपलव्ध गराउने सम्बन्धमा गठित कार्यदलको कार्यबिधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।बैठकले रुपन्देहीको मोतिपुर औधोगिक करिडोर घटनामा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने निर्णय पनि गरेको छ । त्यस्तै कुश्मामा ४०० केभि सवस्टेशन र जुम्ला सवस्टेशनका लागि जग्गा प्राप्तीका लागि स्वीकृत दिने निर्णय पनि गरेको छ भने किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि अनुमति दिने निर्णय पनि बैठकले गरेको प्रवक्त कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम बिभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणिमा नियुक्त गर्न स्वीकृत दिने र जेनेभामा हुने स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिन स्वीकृती प्रदान गर्ने निर्णय भएको उहाले बताउनुभयो । उहाले सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिन सरकार प्रतिवद्ध रहेको र बालबालिकाका लागि पनि छिटै खोप उपलव्ध गराउने जानकारी दिनुभयो ।त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.