
खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास भएको जानकारी दिनुभएको छ । राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विषयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा खानेपानी मन्त्री चौधरीले ७५३ मध्ये यस प्रणालीबाट ८८ पालिकाको एमवास योजना तयार भइसकेका जानकारी दिनुभयो । उहाले उक्त प्रणालीमा तथ्याङ्क प्रविष्ट भएपछि आवश्यताअनुसार पालिकाले नयाँ योजना निर्माण र पुराना योजना सुधारका विषयमा प्राथमिकीकरण गर्न सकिने जिकिर गर्नुभयो । ‘एक घर एक धारा’ अवधारणा कार्यान्वयनका सन्दर्भमा सरकार गम्भीर रहेको उहाको भनाई छ । अर्बांै लगानीमा तयार भएका खानेपानीका संरचना उपभोक्ताबाट उठाउनुपर्ने लगानी उठाउन नसक्दा धेरै योजना अलपत्र परेको भन्दै आगामी आर्थिक बर्षमा त्यसलाई सञ्चालनमा ल्याएने उहाले बताउनुभयो ।
मन्त्री चौधरीले केहि क्षेत्रमा खानेपानी आयोजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई समाधान गर्न बिज्ञहरुको राय लिने काम भइरहेको जानकारी पनि दिनुभयो ।