August 1, 2021

खेलकुदमन्त्री दावा लामाले आइतबार पदभार ग्रहण

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।शुक्रबार मन्त्रीको सपथ लिनुभएका लामाले आइतबार सिंहदरबार पुगी पदभार ग्रहण गर्नुभएको हो । पदभार कार्यक्रममा मन्त्री लामाले युवा तथा खेलकुद क्षेत्रको बिकासका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाले आफ्नो कार्यकालमा परिणाममुखी योजनाका साथ काम गर्ने धारणा पनि राख्नुभयो । मन्त्री लामाले खेल क्षेत्रको यसअघिको कार्ययोजनालाई पनि आफुले प्राथमिकतामा राख्ने भन्दै सवैको सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो ।

त्यसअघि मन्त्रालयमा निवर्तमान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई विदाई गरिएको थियो । विदाइ कार्यक्रममा विश्वकर्माले खेल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाले पहिलोको अवस्थामा भन्दा अहिले नेपालमा खेल क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको धारणा पनि राख्नुभयो ।विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल लगाएतले विदाई गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.