August 2, 2021

खेलकुद प्रतिभा सम्मानबाट बिभन्नि खेलाडीलाई पुरस्कृत

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मानबाट बिभन्नि खेलाडीलाई पुरस्कृत गरेको छ ।मंगलबार खेलकुल मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई नगद सहित पुरस्कृत गरेको हो । सम्मानित हुने खेलाडीमा शारीरिक सुगठनका समिर श्रेष्ठ, भारत्तोलनका बिकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ६६ हजार ६ सय ६६ रुपैयाँ सहित सम्मानित भए । यस्तै, गल्फका सुवास तामाङ्ग, साईकिलिङकी लक्ष्मी मगर, तेक्वान्दोकी आयषा शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ जनही १ लाख रुपैयाँ सहित सम्मानित भए । सम्मानित हुने अधिकांश खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए । यस्तै, मन्त्रालयले तेक्वान्दोका प्रशिक्षक नविन श्रेष्ठ र करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गर्यो ।

यस्तै, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक ज्ञानेन्द्रबिक्रम शाह र खेल संघबाट नेपाल गल्फ संघ समान १ लाख रुपैयाँले पुरस्कृत भए ।कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सम्मान पुरस्कारले नयाँ पुस्ता खेलकुदमा आकर्षित हुने बताउनुभयो । उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा खेलाडी छनौटमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वर्तमान सरकारले खेलकुदमा लगानी वृद्धि गरेको बताउनुभयो । खेलकुद प्रतिभा सम्मान पुरस्कारका लागि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले खेलाडी र खेलकर्मीको योगदानमा आधारित रहेर पुरस्कारका लागि छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published.