July 30, 2021

खेलकुद मन्त्री दावा लामा तामाङ लाई ६ बुँदे पत्र बुझाएको

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार मन्त्रालय पुगेर संघले मन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघले बुझाएको पत्रमा ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता रोकिएको र कार्यविधिमा कटौती नहुने गरी यथासम्भव उपलब्ध गराइनु पर्ने लगायत माग रहेका छन् ।प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गर्नुलाई सकारात्मक पहलका रुपमा लिएको पनि संघले जनाएको छ ।नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र परिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका वातावरण तयार गरिनु पर्ने लगायतका माग संघले अघि सारेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले खेलका लागि जिवन समर्पित गर्ने खेलाडीलाई सरकारले निराश हुन नदिने बताउनुभयो । खेल क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उहाले बताउनुभयो ।त्यस्तै संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ खेलाडीहरुलाई समेत प्रोत्साहन भत्ता दिनुपर्ने बताउनुभयो । आफुहरुले यस क्षेत्रमा देखिएका समस्याका बिषयमा पटक पटक मन्त्रालयमा जानकारी गराउदा पनि सुनुवाई नभएको भन्दै उहाले कार्यविधि बनाएर समस्याका समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।संघले सागका रजत र कास्य पदक विजेता खेलाडीका लागि समेत प्रोत्साहन भत्ताको प्रबन्ध कार्यविधिमा समेटिनेमा संघ आशावादी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.