April 15, 2024

खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउन राज्यले ध्यान दिने: खेलकुदमन्त्री

खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउने सन्दर्भमा राज्यले प्राथमिकताका साथ ध्यान दिने बताउनुभएको छ । आइतबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गहतराजले बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले खेल क्षेत्रलाई आर्थिक उत्पादनसँगै, शिक्षा, स्वास्थ्यसँग अन्तरनीहित र निर्भर गराएर त्यसको विकास गर्ने विषयमा राज्यको ध्यान जानुपर्ने जिकिर गर्नुभयो । खेलकुद र खेलाडीको संरक्षण तथा विकासका लागि यसै आर्थिक वर्षदेखि खेलकुद बीमाको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । उहाँले दुर्घटनामा परेका खेलाडीको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको प्रस्ट पार्नुभयो ।

उहाले खेलकुद र खेलाडीको निकास विद्यालय तहदेखि नै गर्ने उद्देश्यले खेलकुद उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षदेखि नमूनाका रुपमा ‘एक विद्यालय, एक क्लब’ कार्यक्रमको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *