December 5, 2023

गठबन्धनको बिषयमा मंगलबार औपचारिक निर्णय गर्ने: प्रवक्ता महत

नेपाली कांग्रेसले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बिषयमा मंगलबार औपचारिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालयमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रम सकिएसंगै चुनावी तालमेलका बिषयमा कांग्रेसले औपचारिक निर्णय गर्न लागेको हो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले मंगलबार दिउँसो तीन बजे केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकले आएका सुझावहरुको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने जानकारी दिनुभयो । उहाले बैठकमा बोल्ने अधिकांशले आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव दिएको र कतिपयले गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने रहेको बताउनुभयो । त्यस्तै गठबन्धन कहाँ गर्ने र कहाँ नगर्ने निक्र्यौल गरेर अघि बढ्नुपर्ने सुझाव आएकाले पार्टीले आवश्यक निर्णय गर्ने उहाको भनाई छ । बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि मंगलबारको बैठकले एउटा प्रस्ताव तयार गर्ने र त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने महतले बताउनुभयो ।

केन्द्रीय कार्यसमितिको बैठकमा सपभाति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित अधिकाँश नेताहरुले गठबन्धन गरेर जानुपर्ने धारणा राखेका छन् भने नेता शेखर कोइराला, महामन्त्री गगन थापासहितका केही नेताहरुले भने एक्लै चुनाव लड्न्पर्ने अडान अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *