
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले गठबन्धनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुने बताउनुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अहिलेसम्म जे उदेश्यका लागि गठबन्धन बनेको हो, त्यो पूर्ति हुदै गएको भन्दै यसलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुने बताउनुभएको हो । उहाले स्थानीय तहको निर्वाचनको परिणाम उत्साहजनक नभएको बताउनुभयो । उहाले कृषि, औधोगिकरण, स्वास्थ्य शिक्षा लगाएतका बिषयलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने बताउनुभयो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताउनुभयो । यद्दपी निर्वाचन प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला नभएको उहाको भनाई छ । उहाले राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन भन्दै यसको छुट्टै महत्व रहेको बताउनुभयो । त्यस्तै संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको टिप्पणी गर्नुभयो । उहाले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताउनुभयो ।
उहाले तालमेलका बिषयमा अपनाइएको सिद्धान्त पालना गर्न सक्दा निर्वाचनमा मिश्रित परिणाम आएको बताउनुभयो ।