
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गर्नुभएको छ । सोमबार सोमबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गर्नुभएको हो । अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थीरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताउनुभयो । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गर्नुभयो ।
उहाले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिनुभयो ।