June 21, 2024

गठबन्धनसंग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा गठबन्धनसंग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने धारणा राखेका छन् । सोमबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने सदस्यहरुले यसअघिको स्थानीय निर्वाचनमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् । गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको भन्दै उनीहरुले यस बिषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने समेत बताएका छन् । बैठकको दोश्रो दिन ४१ जना सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राखेको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । उहाले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग समेत बैठकमा उठेको बताउनुभयो । मंगलबार बस्ने बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने उहाको भनाई छ ।

माओवादी बैठक मंगलबार ११ बजे पुन बस्ने र मंगरबार नै सम्पन्न गर्ने तयारी रहेको माओवादीले जनाएको छ ।

4 thoughts on “गठबन्धनसंग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने

  1. Hey there! I just wanted to ask if you ever have any problems with hackers?
    My last blog (wordpress) was hacked and I ended up losing many months of hard work due to no back up.

    Do you have any methods to stop hackers? I saw similar here: E-commerce

  2. Awesome blog! Is your theme custom made or did you download it from
    somewhere? A theme like yours with a few simple
    adjustements would really make my blog jump out.

    Please let me know where you got your design. Many thanks
    I saw similar here: Dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *