December 5, 2023

गठबन्धन अव घेरै दिन टिक्दैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गर्नुभएको छ । सोमबार एमाले किर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउदै, तर्साउदै हिडिरहेकाले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गर्नुभएको हो । उहाले गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिटै ढल्ने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्धा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरु अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने बताउनुभयो । कुनै उदेश्य नभएका दलहरुको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनुमात्र रहेको उहाको भनाई छ । आफ्नो पार्टीले चूनाव जिते युवाहरुलाई मलेशिया पठाउने र चूनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उहाले बताउनुभयो ।

अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *