December 6, 2022

गठबन्धन तोड्नका लागि केपी ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन तोड्नका लागि केपी ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफु कमजोर भएपनि गठबन्धन तोड्नका लागि ओलीले अनावश्य भ्रम पैदा गर्न खोजेको आरोप लगाउनुभएको हो । उहाले गठबन्धन तोड्न आपसी अविश्वास प्रैदा गर्न खाजिएको भन्दै जाल झेल र षडयन्त्रमा पर्न नहुने तर्क गर्नुभयो । एमसीसीलाई पास गरे कांग्रेसलाई साथ दिने भन्दै एमालेले गलत तरिका अपनाउन खोजेकाले सवै सचेत हुनुपर्ने उहाको भनाई छ । अध्यक्ष नेपालले आफुहरुले गठबन्धन दलका नेताहरुसंग छलफल गरेको र गठबन्धनलाई बलियो बनाउने बिषयमा कुराकानी भएको जानकारी दिनुभयो । उहाले अहिले पनि केपी ओलीमा व्यक्तिबाद हावी भएको तर्क गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालले सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दजनौं नेता–कार्यकर्तालाई नेकपा एसमा प्रवेश गराउनुभएको थियो । नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् ।

Leave a Reply

Your email address will not be published.