December 1, 2023

गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने

नेपाली काँग्रेसका लुम्विनी प्रदेश सभापति अमर सिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्नेमा जोड दिनुभएको छ । विहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले स्थानिय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गर्नुभयो । उहाँले दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गरे जीत हासिल गर्न सकिने जिकिर गर्नुभयो । रोल्पा र रुकुमलाई संकेत गर्दै उहाले क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र काँग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको बताउनुभयो । त्यस्तै नेकपा एमाले लुम्विनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलिय गठबन्धनको कुनै औचित्य नरहेको बताउदै पाँच दलिय गठबन्धनले संविधानलाई कमजोर वनाएर देशलाई डुवाउने काम गरेको जानकारी दिनुभयो । उहाँले नागरिता ऐन, एमसिसि, एसपिपि जस्ता कुरालाई गठबन्धनले वढवा दिएर देशका लागि अहित पूर्ण काम गरेको आरोपभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश संसदिय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट परेको बताउनुभयो । उहाँले अघिल्लो स्थानिय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको भन्दै सजक रहनुपर्ने धारणा राख्नुभयो ।

साक्षात्कारमा नेकपा एसका लुम्विनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार वढ्दै गएको वताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *