December 8, 2022

गठबन्धन राष्ट्रिय आवश्यकता हो: सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानलाई जोगाउनका लागि र विकास स्थायित्वको लागि बनेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको हो । उहाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पटक संसद भंग गरेको उल्लेख गर्दै एमालेलाई जनताले मत दिन नहुने तर्क गर्नुभयो । देउवाले गठबन्धनमाथि कुनै शंका उपशंका नगर्न आग्रह गर्दै तामलेममा उम्मेदवार बनाएका सवैलाई बिजयी गराउनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले एमसीसी बिना व्याजको अनुदान भएको र अरु अनुदान पनि नेपालमा आउने बताउनुभयो । उहाले अहिले ऋण लिएर तिर्न नसक्ने अवस्था आउने भएकाले बिकासको बाटोलाई सहि तवरले अघि बढाउन अनुदान आवश्यक रहेको पनि बताउनुभयो । त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदलाई विघटन गर्ने, अवरुद्ध गर्नेहरुलाई अब जनताले संसदमा पुग्नबाट रोक्नुपर्ने धारणा राख्नुभयो । मुलुकमा राजनीतिक स्थिरता चाहिएको भन्दै उहाले राजनीतिक स्थिरता नहुँदा विकासका काम नै अवरुद्ध भएको उल्लेख गर्नुभयो ।

पौडेलले प्रगतिशील शक्तिहरुको साझा दस्तावेजको रुपमा संविधान निर्माण गरेको र देशलाई स्थिरतातर्फ लैजान खोजेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.