May 21, 2024

गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत रहेको छ: उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले बिहीवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले गठबन्धनको क्रियाकलापलाई मंसिर ४ गते हुने निर्वाचनबाट जनताले उचित फैसला गर्ने पनि बताउनुभयो । सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफलसमेत नगरी छापामार शैलीमा निर्वाचन घोषणा गरेको उहाको भनाई छ । उहाले निर्वाचन समयमा नै हुनेमा आशंका देखिएको र एमालेको दवावपछि नै सरकारले मिति घोषणा गरेको जिकिर गर्नुभयो । संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उहाँले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाले निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको र आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको धारणा राख्नुभयो ।

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *