December 1, 2023

गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई चेतावनी

Efforts are being made to oust me: Nepal PM K P Sharma Oli- The New Indian  Express

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई चेतावनी दिनुभएको छ ।मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिनुभयो ।नेपाल समूहले बालुवाटारको चियापान गरेको भन्दै ओलीले यो राम्रो लक्षण नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी पूर्व अवस्थामा फर्के पनि केही मानिस गुटगत भेला गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । गुटगत भेला गरेर फेरि तमासा बनाउने, जगहसाइँ गर्ने, सञ्चार माध्यमलाई बिजनेस दिने, फलानो ठाउँमा फलानो गुट भनेर समाचारहरु दिने काम नगर्न ओलीले आग्रह गर्नुभयो ।

सभ्य समाजका लागि एकताबद्ध, अनुशासित, गतिशील पार्टी चाहिने भन्दै आफ्नो स्वार्थका लागि मनपरी गरेर हिँङ्न नपाइने ओलीको भनाइ छ । अध्यक्ष ओलीले एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपा हुँदा एक ढंगले पार्टीले फुटाइएको आरोप पनि लगाउनुभयो ।त्यस्तै उहाले संसदलाई चल्न नदिइएको र स्वार्थका लागि बन्धक बनाइएको उल्लेख गर्नुभयो । चियापानमा एमालेका ओली निकट नेता कार्यकर्ताको सहभागी थियो भने खनाल र नेपाल पक्षले भने बहिष्कार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *