May 21, 2024

गभर्नर महाप्रसाद अधिकारी नियमित काममा

सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किनुभएको छ । मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किनुभएको हो । राष्ट्र बैंक पुग्दा कर्मचारीहरुले अधिकारीलाई भव्य स्वागत गरेका थिए । काममा फर्किएपछि गभर्नर अधिकारीले आफुले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सवैले साथ दिएको धारणा राख्नुभयो । राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने उहाले बताउनुभयो । यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्वनमा पर्नुभएको थियो ।

त्यसपछि सर्वोच्च जानुभएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *