July 27, 2021

गलत नियतले सूचनाको हक प्रयोग नर्गन आग्रह

Govt prepares new rule to 'control' online media - NEPAL NEWS

सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले गलत नियतले सूचनाको हक प्रयोग नर्गन आग्रह गर्नुभएको छ ।राष्ट्रिय सूचना आयोगले सोमबार गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अरुलाई दुःख दिन सूचनाको हकको प्रयोग गर्ने विचौलीयाहरुलाई तह लगाउनुपर्ने बताउनुभएको हो । उहाले कतिपय सञ्चारकर्मीहरुले समेत असल सूचना नदिएर विकृति विसंगतीबारे बढाइचढाई सूचना सम्प्रषण गरेको बताउदै त्यस्ता गतिविधिहरु सूचना आयोगले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाले राज्यलाई सहयोग पु¥याउन नै सूचना आयोगको कल्पना गरेको तर्क गर्नुभयो ।मन्त्री गुरुङले अदालतमामात्रै नभएर सबै ठाउँमा विचौलीयाहरु भएका कारण वेलैमा विचौलीयाहरुले मौका पाउने वातावरण नबनाउन आग्रह गुर्नभयो ।

उहाले राज्यले परिकल्पना गरे अनुसार नै सूचना आयोगले कार्य सम्पाद गर्न सके भाषाभाषीको मात्रै कल्याण नभएर नेपाली कला संस्कृतिको जर्गेना हुने तर्क गुर्नभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले भाषालाई प्राथकिता दिनुपर्ने बताउनुभयो । उहाले भाषासंगै सूचनाको हक प्रयोगलाई विभिन्न भाषामा प्रवाह गर्नुपर्ने बताउनुभयो ।उहाले सूचनाको हकले सुशासन कायम गर्न, देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नागरिकलाई सहि तरिकाले सूचनाको हक प्रयो गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.