October 16, 2021

गाउँपालिका प्राथमिक अस्पतालको उद्घाटन

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थित खास्तापमा गाउँपालिका प्राथमिक अस्पतालको उद्घाटन गरिएको छ ।शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले १५ शैयाको अस्पताल उदघाटन गर्नुभएको हो ।खास्ताप स्थित ईलाका स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरि संघीय सरकारको सहयोगमा उक्त अस्पताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।प्राथमिक हस्पिटलले साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरिलाई सुविधासम्पन्न आखा क्लिनिक समेतको सेवा प्रवाह गर्ने गाउँपालिका बुद्धिकिरण राईले बताउनुभयो । हाल एक जना एम.बि.बि.एस. डाक्टरको प्रतक्ष्य संलन्नतामा रहि १५ जना जनशक्ति सहित स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ ।

प्राथमिक हस्पिटलले उपचारका लागि काठमाडौं नै जानुपर्ने अवस्थाको अन्त्य भएको माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगरले बताउनुभयो ।उक्त गाँउपालिकामा यस अगाडि आर्युबेदिक शाखाको बिस्तार गरिएपनि प्रशस्त स्वास्थ्य सम्बन्धि भौतिक संरचना तथा जनशक्ति अभावका कारण सञ्चालनमा आउने भने सकेको थिएन् ।

Leave a Reply

Your email address will not be published.