March 23, 2023

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको बताउनुभएको छ ।मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गरिएको बताउनुभएको हो ।उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाको भनाई छ । आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै बादलले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गर्नुभयो ।

मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिनुभयो । थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गर्नुभयो ।राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उहाले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गर्नुभयो । उहाले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.