November 30, 2023

गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

गृहमन्त्री थापा सुदूरपश्चिम आउदै | सुदुरपश्चिम खबर

गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो । सो सम्बन्धी सूचना संसद सचिवालयले आइतबार प्रकाशित गरि सूचना टाँस गरेको छ ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आइतबार नै स्वीकृत गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *