July 29, 2021

गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने

गोकर्णेश्वर नगर स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता शनिबार हुने

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा ईष्टपोल उच्च मा.वि.को सहआयोजनामा गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने भएको छ ।गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुने खेलाडी छनौट प्रतियोगिता फागुन २९ गते हुनेछ । भविष्यमा प्रशिक्षक खटाई बन्द प्रशिक्षणको व्यवस्था गर्ने र नगर, क्षेत्र, राष्ट्र हुँदै अन्र्तराष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको आयोजक गोकर्णेश्वर नगरपालिकाले पत्रकार सम्मेलनबाट जानकारी दिएको छ । पुम्से २ विधा र गेरोगी विधा गरी १९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य कृष्ण राईले र समापन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुनेले प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यस्तै महिला तथा पुरुषतर्फको उत्कृष्ट खेलाडी बेस्ट फाइटर अर्वाडबाट सम्मानित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.