May 24, 2022

घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका बिषयमा छलफलः प्रवक्ता महत्त

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका बिषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । बैठकमा नेताहरुले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएको प्रवक्ता महतले बताउनुभयो । गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय भएकाले पार्टीलाई फाइदा हुने गरि निर्णय गरिने जानकारी दिनुभयो । सवै सदस्यहरुले धारणा राखेपछि आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने उहाले बत ाउनुभयो । अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको प्रवक्ता महत्तको भनाई छ । यसैबीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफुले राखेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताउनुभयो ।

अर्थमन्त्री असक्षम भएको र गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उहाको भनाई छ । कांग्रेस बैठक सोमबार पनि बस्नेछ ।

Leave a Reply

Your email address will not be published.