March 29, 2024

चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा

Image result for nekapa prachanda press meet

प्रतिनिधिसभा बिघटन विरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमको घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपा प्रचण्ड–नेपाल पक्षले फागुन ५ गतेदेखि फागुन १५ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ । त्यस्तै फाल्गुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाका तर्फबाट विरोध कार्यक्रम र ११ गते मधेशी, आदिवासी, जनजाती, पिछडिएका क्षेत्र लगाएतका उत्पीडित समूदायको सास्कृतिक पहिचानसहितको संयुक्त बिरोध कार्यक्रम गरिने भट्टराईले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता एवं केन्दीय संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको असंवैधानिक कदमलाई खारेज गरी प्रतिनिधिसभा सूचारु गर्न र गलत दिशामा ढकेलिएको संविधानलाई पुन सही ठाँउमा ल्याउन संघर्षका कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाले पशुपतिनाथनाथका बारेमा आफ्ना नेताहरु बोलेको बिषयलाई दलिय स्वार्थका आधारमा व्याख्या गर्नु अनुचित भएको बताउनुभयो । त्यस्तै नेकपाले फागुन १४ गते काठमाडौंमा युवा र्याली र १५ गते किसान र सुकुम्वासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम तय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *