January 19, 2022

चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौंबासीलाई खुवाउने

खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी काठमाडौंबासीलाई खुवाउने दावी गर्नुभएको छ । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भएपनि आफ्नो कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको खानेपानी खुवाउने दावी गर्नुभएको हो । बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुखद भएको भन्दै उहाले स्थायी नभएपनि अस्थायी रुपले समस्याको समधान गर्ने जिकिर गर्नुभयो ।

मन्त्री चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.