December 5, 2022

चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन

काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बिद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडी धर्ना दिदै प्रदर्शन गरेका हुन् । कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप बिद्यार्थीहरुले लगाएका छन् । यस बिषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा कुनै सुनुवाई नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको बिद्यार्थीहरुको भनाई छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.