November 30, 2023

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको बिषयमा सर्वपक्षिय छलफल गर्ने

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको बिषयमा सर्वपक्षिय छलफल गर्नुहुने भएको छ । बिहीबार काठमाडौंको सिनामंगस्थीत काठमाडौं मेडिकल कलेज पुगेर बिद्यार्थीहरुको आन्दोलनका बारेमा जानकारी लिदै मन्त्री पौडेलले शुल्कका बिषयमा शुक्रबार सर्वपक्षिय छलफल गर्ने जानकारी गराउनुभएको हो । सो क्रममा बिद्यार्थीहरुले कलेजमा बढ्ने वातावरण नवनेको र आन्दोलन गर्नुपरेको जानकारी गराएका थिए । त्यस्तै बिद्यार्थीहरुले आयोगले तोकेभन्दा बढि शुल्क कलेजले मागेको बताएका थिए । त्यस्तै कलेजले पानी बिजुली र इन्टरनेट बाहेक १२ हजार रुपैया होस्टेलका लाथि थप मागेको पनि जनाए । सो क्रममा मन्त्री पौडेलले तोके भन्दा बढि शुल्क तिर्नु नपर्ने बताउनुभएको थियो । आन्दोलनरत बिद्यार्थीहरुसंगको छलफलपछि मन्त्री पौडेल कलेज प्रशासनमा पुग्नुभएको थियो । सो क्रममा कलेजका सञ्चालकले सम्झौतापत्र भन्दा बढि शुल्क नलिएको दावी गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा ऐनमाथि टेकेर सम्झौता गरिएको र आयोगबाट अनावश्यक दवाव दिएकाले अहिलेको परिस्थीति सिर्जना भएको बताएका थिए । मन्त्री पौडेलले बिद्यार्थीहरुलाई नियमबिपरितको दवाव नदिन निर्देशन दिनुभएको थियो । बिद्यार्थीहरुले आन्दोलन गरेकै कारण आफुहरुको अंक काट्ने चेतावनी आफुहरुलाई दिएको गुनासो पनि गरेका छन् ।

तोकेकोभन्दा बढी शुल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेज लगाएतका केहि कलेजका बिद्यार्थीहरु आन्दोलित भएपनि शिक्षामन्त्री पौडेलले चासो देखाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *