November 30, 2023

चितवनमा महाधिवेशन गरेर एमालले यहाँको विकास देखेको

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा महाधिवेशन गरेर एमालले यहाँको विकास देखेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले शनिबार चितवनमा आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास गर्दै प्रचण्डले चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको समेत बताउनुभयो । उहाँले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उहाँको भनाइ थियो ।

विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताउनुभयो । जसका लागि रु २९ करोड आवश्यक हुने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *