November 30, 2023

चितवनले प्रतियोगितामा लिनिङको जर्सी लगाउने

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई – Chitwan Post Daily | चितवन  पोष्ट दैनिक

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम एफसी चितवनले प्रतियोगितामा लिनिङको जर्सी लगाउने भएको छ ।चितवनले शनिबार किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको छ । आईएमई ग्रुपकोे स्वामित्वमा रहेको चितवनका अध्यक्ष सचिन ढकाल र लिनिङ प्रबन्धक कृतराज महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै चितवनले प्रतियोगितामा लिनिङ कम्पनिले बनाएको जर्सी प्रयोग गर्नेछ । यस्तै चितवनले पत्रकार सम्मेलनमार्फत होम एण्ड अवे खेलका लागि जर्सी समेत सार्वजनिक गरेको छ । राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् । लिगको आफ्नो पहिलो खेलमा चितवनले ललितपुर सिटीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *