
चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ कपुरधारामा चिनियाँ नागरिकलाई बोलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद दिनुपर्ने भन्दै अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणको सूचनापछि प्रहरी टोलीद्वारा अपहरणमा परेका एक चिनियाँ नागरीक र सूर्य बहादुर राईलाई नयाँ बसपार्क स्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ । पक्राउमा परेका ब्यक्तिहरुमा कर्ण बहादुर गुरुङ, लक्ष्मण गुरुङ , रोहित मगर , बिशाल मगर , बिनोद के.सी. र शिब सुनार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक भरत बहादुर बोहराले जानकारी दिनुभयो । उनीसंग आठ लाख, चौध हजार नौ सय, बिभिन्न कम्पनिको २६ वटा मोबाइल सेट र हतकडी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउमा परेका ब्यक्तिहरु उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।