May 23, 2022

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि नेपाल

चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमणका लागि नेपाल आउनुभएको छ । शुक्रबार अपरान्ह विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगाएतले स्वागत गर्नुभएको थियो ।भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ । त्यस्तै नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ । त्यसअघि शनिबार बिहान विदेशमन्त्री वाङ यीले समकक्षी डा.नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै उहाँ शनिबार बिहान शिवपुरीमा हाइकिङ जाने कार्यक्रम छ ।

विदेशमन्त्री वाङ यी आइतबार चीन फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.