July 30, 2021

चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने स्पष्ट

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने स्पष्ट पार्नुभएको छ ।क्रियाशील दलित पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाले सरकारलाई काम नदिएका कारण ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै यो प्रतिगामी कमद नभएको समेत बताउनुभयो । उहाले सवै दलहरु आन्दोलनको नाममा चूनावी प्रचारमा हिडेको उल्लेख गर्नुभयो ।द्वन्द्वकालमा जस्तो प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले पनि अख्तियार गरेका कारण अहिलको अवस्थामा आएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने रणनीति बनाएको आरोप पनि लगाउनुभयो ।मन्त्री गुरुङले पत्रकारहरुले पनि अहिलेको अवस्थालाई सुक्ष्म बिश्लेषण गरि धारणा बनाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा क्रियाशिल पत्रकाहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.