December 5, 2023

चैत तेस्रो साता तेश्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुने हुने

आगामी चैत तेस्रो साता काठमाडौंमा तेश्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुने हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक्स्पो चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्न लागिएको जनाएको हो । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने इपानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिनुभयो । एक्स्पोमा नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने बताइएको छ । भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ । यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने विश्वास लिइएको उपाध्यक्ष गर्गले बताउनुभयो । उहाले जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने जानकारी दिनुभयो ।

त्यस्तै एक्स्पोमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने अनुमान गरिएको छ । एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *