March 22, 2023

जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा

Deputy Prime Minister Pokhrel leaves for UAE - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको बताउनुभएको छ ।काठमाडौंको गौशालामा निर्माण गरिएको निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्दै पोखरेलले सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको र आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सुरु गरिसकेको बताउनुभएको हो ।उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिनुभयो । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गर्नुभयो ।

आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो ।मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहितको ५१ शैयाको आइसोलेसन केन्द्र सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published.