October 16, 2021

जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप

नेपाली कांगेसका सचेतक बालकृष्ण खाँणले सरकारले नागरिकको जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुभएको छ ।शनिबार नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले बुटवलमा आयोजना गरेको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै संविधान नै मिचेर संसद बिघटन गर्दै सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुभएको हो । त्यस्तै उहाले प्रधानमन्त्री ओलीले चिनियाँ शैलीको कम्युनिष्ट शासन प्रणाली नेपालमा लागु गर्न खोजेकै कारण असफल भएको बताउनुभयो ।

खाँणले अहिले संसार लोकतन्त्रको पक्षमा ,जनताको पक्षमा भएको भन्दै ओली सरकार निरंकुश,अधिनायकबादी हुन थालेको कारण यो अवस्था आएको तर्क गर्नुभयो ।उहाले सरकारले नागरिकको चियो चर्चा गर्न थालेको र नागरिकको गोपनीयताको अधिकार खोस्ने कानुन ल्याएको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published.