April 19, 2024

जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारीको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक कार्यक्रममा ओलीले सरकारले र गठबन्धन दलको क्रियाकलापले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको बताउनुभएको हो । उहाले सरकारले वितरण गरेको पदकलाई रत्नपार्कमा वितरण गरे जस्तो भन्दै सरकारको आलोचना गर्नुभयो । त्यस्तै अघिल्लो सरकारले ल्याएको धेरै जनमुखी कार्यक्रमहरु वर्तमान सरकारले रोकिदिएको ओलीले बताउनुभयो । उहाले प्रधानमन्त्रीको शपथ लिएको ७० दिन पुगिसस्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर शेरबहादुर देउवाले मुलुकको बहुमूल्य समय बर्बाद गरेको टिप्पणी गर्नुभयो । ओलीले एमाले बनाएको नेपालको लोकतन्त्रको प्रारुप कुनै पार्टीसंग नभएको धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले मदन भण्डारीले नेपालको कम्युष्टलाई एकतावद्ध गर्न निकै भूमिका खेलेको र मुलुकको परिवर्तनमा पनि भण्डारीको योगदानलाई बिर्सन नसकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *