April 15, 2024

जनताले दिएको मतको सम्मान गर्छों: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनु भएको छ । नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताउनु भएको हो । नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उहाको आरोप छ । नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली काग्रेसको नेतृत्वमा तिन वटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गर्नु भयो । थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउदै जसलाई जहा भेटिन्छ त्यहा गठबन्धन गरेको आरोप लगाउनु भयो ।

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली काग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *