
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पुरा गर्न आफु सक्षम भएको बताउनुभएको छ । शनिबार काठमाडौंंमा ‘बानेश्वरको सेरोफेरो पुस्तक’को बिमोचन गर्दै नेता सिंहले संस्थापक नेताहरुले देखेको विकसित नेपालको सपनालाई पुरा गर्न आफु सक्षम रहेको बताउनुभएको हो । उहाले जनताका प्रतिनिधी भए पछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने धारणा पनि राख्नुभयो ।
आफु संविधानसभा र संविधानसभापछि आफुलाई जनताले निरन्तर चुनेर पठाएको भन्दै जनताको आशालाई निराशा हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाले देशका लागि केहि गर्नुपर्छ भने आत्मविस्वास आफुमा रहेको जिकिर गर्नुभयो । साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नु पर्ने बताउनु भयो ।