December 5, 2023

जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल

Digital Newspaper covering Nepal News & Issues — नेपालको डिजिटल पत्रिका —  Newsmandu

नेकपा प्रचण्ड–नेपाल पक्षले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ । पेरिसडाँडामा बिहीबार भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि दलभित्र छलफल गर्नुपर्ने बताएका थिए । छलफलपछि जसपा शिर्ष नेता राजेन्द्र महत्ताले नेकपाले सहयोगको अपेक्षा राखेको र यस बिषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने जवाफ दिएको जानकारी दिनुभयो ।

अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका बिषयमा सम्बोधन गर्नुपर्ने उहाले बताउनुभयो । छलफलमा नेकपाले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने जनाएको थियो । प्रतिनिधि सभामा जसपाका ३२ जना सांसद छन्। ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। यसअघि प्रचण्ड र माधव नेपालले बुधबार बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *