October 23, 2021

जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Mahantha Thakur wins federal poll from Mahottari-3
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाउनुभएको छ ।पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको बताउनुभएको हो । उहाले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिनुभयो । त्यस्तै अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको वताउदै एमसीसीलाई संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारीक धारणा वनाउने बताउनुभयो । यद्यपी उहाले आफुहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गर्नुभयो । उहाले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताउनुभयो ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुग्नुभएको वताइएको छ । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.