December 8, 2022

जमिन तथा भवनहरुमा भएको अतिक्रमण रोकन आफु प्रतिवद्ध :मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरुमा भएको अतिक्रमण रोकन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाले अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गर्नुभयो । उहाले सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा आफु खरो रुपमा उत्रिएको धारणा राख्नुभयो । राम्रो काम गरेकाले नागरिकको साथ र सहयोग पाइरहेको भन्दै उहाले सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट नदिने बताउनुभयो ।

नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.