May 23, 2024

जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय

सरकारले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने करिव २ अर्व ६१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै बैठकले बिद्युत प्राधिकरण अन्तर्गतका बिभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ती गर्न स्वीकृति दिने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कृषि तथा वन बिज्ञान विश्व बिद्यालयलाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले कञ्चनपुर र कैलालीमाा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाटा नपा र कैलालीको गोदावरी नपाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो । बैठकले स्वास्थ्य वीमा बोर्डको अस्थायी दरवन्दी स्वीकृति गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताउनुभयो । कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव आएको र सरकार परामर्शमा रहेको उहाको भनाई छ । उहाले प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी नरहेको बताउनुभयो ।

प्रवक्ता कार्कीले संसदको गतिरोध हटाउन पर्याप्त पहल भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताउनुभयो । उहाले सदनलाई सुचारु गर्ने दायित्व सवैको भएको उल्लेख गर्नुभयो ।

2 thoughts on “जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय

  1. With havin so much written content do you ever run into any problems of plagorism or copyright violation? My
    blog has a lot of exclusive content I’ve either written myself or outsourced but it seems a lot of it is popping it up
    all over the internet without my authorization.
    Do you know any ways to help prevent content from being
    ripped off? I’d really appreciate it. I saw similar here:
    Sklep online

  2. Wow, incredible weblog format! How lengthy have you ever been running a blog for?
    you make running a blog glance easy. The whole glance of your web site is excellent, as well as the content material!
    You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *