November 25, 2022

जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको: परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताउनुभयो । उहाले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.