December 1, 2023

जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित

जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ए ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेले । इनोसेन्ट कैयाले ४७ रन जोडे ।नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४६ रन जोडे । रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए । जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे,ब्राण्डन माभुता र जोन मासराले १÷१ विकेट लिए ।

जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *