April 19, 2024

जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा गठबन्धनबीच छलफल चलिरहेको भन्दै जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न तयार रहेको बताउनुभएको हो । यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई टेकेर आगामी निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उहालको भनाई छ । नेपालले निर्वाचनसम्बन्धी जटिलतालाई हटाएर संविधान अनुसार निर्वाचन गर्न गठबन्धन दल तयार रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले बिभिन्न तत्वले गठबन्धनलाई भत्काउने प्रयास गरेपनि निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम हुने दावी गर्नुभयो । शनिबार बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि गठबन्धन निर्वाचनसम्म नै अघि बढाउनुपर्छ भन्ने धारणा राख्नुभएको उहाले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुँदै गएको बताउनुभयो । राष्ट्रियसभा चुनावमागठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जित हासिल गरेको भन्दै उहाले आगामी दिनमा कलम चिन्ह बलियो हुने र सूर्य चिन्ह कमजोर हुदै जाने दावी गर्नुभयो ।

amir

त्यस्तै अध्यक्ष नेपालले पार्टीसंगै पार्टी अन्तर्गतको संगठनलाई पनि बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *