March 27, 2023

जुम्लाका सर्वसाधारण र जनप्रतिनिधिले नेपाल बिद्युत प्राधिकरणमा धर्ना

NEA to exempt delay fine on tariff

जुम्लामा बिद्युत नियमित र व्यवस्थित गर्न दवाव दिन भन्दै जुम्लाका सर्वसाधारण र जनप्रतिनिधिले नेपाल बिद्युत प्राधिकरणमा धर्ना दिएका छन् । मंगलबार उनीहरुले प्राधिकरणको ध्यानाकर्षण गराउन भन्दै मौलिक सास्कृतिक पहिचान झल्कने भेषभुषा र बाजा बजाएर धर्ना दिएका थिए । राष्ट्रिय प्रशारण लाईनलाई विस्तार व्यवस्थीत गर्नुपर्ने, उज्यालो नेपाल अभियानमा जुम्लाका सवै घरधुरीलाई समेट्नुपर्ने उनीहरुको माग छ । जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले जुम्लामा बिद्युत नियमित नभएको, मिटर तार लगाएतका सामाग्री प्राधिकरणले उपलव्ध नगराएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको बताउनुभयो ।

कम जनसंख्या भएको स्थानलाई प्राधिकरणले प्राथमिकतामा नराखेको गुनासो उहाले गर्नुभयो । धर्नाका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलमा बस्न आग्रह गरेपनि आफुहरुलाई उपेक्षा गरेको भन्दै धर्नामा सहभागीहरु बाहिरैबाट फर्किएका थिए । सो क्रममा घिसिङले जुम्लामा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.