March 27, 2023

जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन

Corona: Caught in corona crossfire: How the current crisis has vilified the  C word and a Mexican beer all at once - The Economic Times

स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केहि देशमा कोरोनाको तेश्रो लहरको संकेत देखापरेको भन्दै नेपालमा पनि सम्भावित तेश्रो लहरको जोखिम न्युनकरणका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो । उहाले तेश्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । उहाले आफु काम र परिणाममा विश्वास गर्ने जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नागरिकलाई खोप दिनुपर्ने अहिलेको ठूलो काम भएको भन्दै त्यसको लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी दिनुभयो । उहाले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उहाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.