December 5, 2023

ट्रान्सफर्मरहरूमा समस्या आएका कारण बिजुली गइरहने समस्या भइरहेको

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्सफर्मरहरूमा समस्या आएका कारण बिजुली गइरहने समस्या भइरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको र ट्रान्सफर्मरहरूमा समस्या आएका बिजुली गइरहने समस्या भइरहेको बताउनुभएको हो । उहाले पानी परेका बेला ट्रान्सफर्मरमा समस्या देखिएको र अहिले उक्त समास्या समाधान भइसकेको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने उहाले बताउनुभयो । जाडो बढेपछि काठमाडौं उपत्यकामा बिधुतको बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड भइरहेको उहाको भनाई छ । उहाले अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको बताउनुभयो ।

उहाले केही स्थानमा त्यहाँका बासिन्दाहरूले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *